स्थायी कमिटीमा पेश गर्ने एजेण्डाका लागि नेकपाको सचिवालय बैठक बस्दै

स्थायी कमिटीमा पेश गर्ने एजेण्डाका लागि नेकपाको सचिवालय बैठक बस्दै

काठमाण्डाै। २५ गते अर्स्थात भाेलि बस्ने स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुुटावारमा आज तीन बजेपछि बस्न लागेकाे हाे । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले स्थायी कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्ने बताइएको छ । सोमबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलबाट प्रस्ताव तयार पार्ने जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले पाएका थिए । यद्यपि अध्यक्षद्वय ओली र प्रचण्डबीच पुनः खटपट भएकाले सहमतिको प्रस्ताव तयार नभइसकेको बताइन्छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली विगतको सहमतिबाट पछि हटेकाले एजेण्डा तयार हुन नसकेको स्रोतले बतायो । ओलीले एक व्यक्ति एक पद, नेताहरुको जिम्मेवारी हेरफेरलगायत विषयलाई बैठकका एजेण्डामा समावेश गर्न मानेका छैनन् ।

सरकार अलोकपि्रय भएको र प्रधानमन्त्रीको मनोमानी बढेको भन्दै असन्तुष्ट ओली इतर समूहले स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ । स्थायी कमिटीमा करिब दुई तिहाइ सदस्यहरु ओलीको विपक्षमा देखिएका छन् ।औपचारिक बैठकमै आफ्नो आलोचना हुने थाहा पाएपछि ओलीले सकेसम्म धेरै सदस्यहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । मंगलबार मात्रै ओलीले अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग बेग्लाबेग्लै छलफल गरेका थिए । प्रचण्डले पनि नेपाल र खनाल समूहलाई आफूतिरै राख्ने प्रयास गरिरहेका छन् । त्यसैगरि उपाध्यक्ष वामदेव गाैतम अध्यक्ष प्रचण्डलाई भेट्न आज विहानै खुमलटार पुगेका थिए । करिब ४५ मिनेट प्रचण्ड र गाैतमबीच छलफल भएकाे खुमलटार स्राेतले जानकारी दिएकाे छ ।

[email-subscribers-form id="2"]
TOP