
काठमाडौं । सत्तारुढ नेकपाको काठमाडौं महानगरपालिकाले राहात संकलिन र वितरणमा सरकारलाई सहयोग गर्नेगरी अभियान शुरु गरेको छ । महानगरपालिकाको वडा कार्यालयमार्फत राहत बितरण गरिरहेकै बेला सरकारको कामलाई सहयोग हुने गरी राहत पुग्न नसकेको ठाँउमा नेकपाका सदस्य तथा शुभेच्छुकहरुबाट जिन्सी सहयोग संकलन गरी बुद्ध मार्ग टोल सुधार समितिको संयोजनमा बितरण गरेको हो ।
नेकपाका काठमाडाैं क्षेत्र नम्बर १ का इन्चार्ज अनिल शर्माले भने, ‘सरकारलाई सहयोग हुनेगरी राहात वितरण अभियानलाई निरन्तरता दिइने छ । यो महत्वपूर्ण कामको लागि हाम्रो पार्टी बुद्धनगर आर्क र टोलसुधार समितिलाई पार्टीकोतर्फबाट धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु । यस्तो कार्य निरन्तर चलिरहने छ । संकटको समयमा पार्टीले सरकारलाई सहयोग गर्नुपर्छ ।’
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि