मजदुरहरु भोकभोकै हिडेर गाउँ फर्किएको दृश्यले भावुक बनायो

मजदुरहरु भोकभोकै हिडेर गाउँ फर्किएको दृश्यले भावुक बनायो

(लेखक भक्त राई समाजसेवी तथा मिडियाकर्मी हुनुहुन्छ ।)

कोरोना भाइरसका कारण अहिले विश्व मानवजाती नै संकटमा परेको छ । नेपाल सरकाले लकडाउन घोषणा गरेको यो जटिल स्थितिमा दिनहरु बिताउनु हामी सबैलाई अलि बढी नै कठिन बनेको छ । तर पनि यो परिस्थितिमा सुरुको दिनहरुमा अलि बढिनै घरमा बस्न कसरत गर्नु परे पनि पछिल्लो समयमा ज्ञान गुनका कुराहरु सिक्ने, पुस्ततकहरु पढ्ने, टेलिभिजन हेर्ने, देश विदेशमा घटेका घटनाहरु सुन्ने हेर्ने र पुराना पत्र पत्रिकाका पन्नाहरु पल्टाएर विगतहरु सम्झने समय पनि बनेको छ ।

विश्वव्यापी रुपमा गरिएको लक डाउनमा सबैका लागि सबैभन्दा प्रिय र सुरक्षित साथि केही चिज बनेको छ भने त्यो इन्टरनेट हो । इन्टरनेटबाट हामी दुँनिया हेरिरहेका छौं । पढिरहेका छौं । विगत, वर्तमान र भविष्यको अनुगमन, अनुभव र अनुमान गरिरहेका छौं ।

हामी कोराना अघिको विश्व र कोरानापछिको विश्वबारे पनि विमर्श गरिरहेका छौं । सारा व्यापार बन्दछ । करौंडौं वेराजगार बनेका छन् । कम्पनिहरुले जागिरबाट लाखौं कामदार निकालिरहेको छ । पत्रपत्रिकासमेत बन्द छन् । तर अनलान मडिया हरसेकेण्ड चलिरहेको छ । सूचना सप्रेसण गरिरहेको छ । अनलाइन सञ्चारमात्र होइन । यतिवेला अनलाइन व्यापार पनि रोकिएको छैन । कतिमय विद्यायलहरुले अनलाइन कक्षासमेत सञ्चालन गरिरहेका छन् । आलाइन मार्केटका रुपमा विश्वप्रसिद्ध अमेजन कम्पनिले लकडाउनकै समयमा २४ अर्ब अमेरिकी डलर सम्पत्ति जोडेको समाचार हामी पढीरहेका छौं । उसले हजारौंलाई नयाँ रोजगारीसमेत दिएको छ लकडाउनकै समयमा । यी घटनाहरु लकडाउनमा बसेर नियाल्दा, दिमाग खियाउँदा लाग्छ अब व्यापार व्यावसायको क्षेत्रमा नयाँ प्रविधि र तरिका हाबी भएको छ । जसका लागि मानिसहरुले एक्लै बसेर पनि संसारसँग हरसेकेण्ड जोडिदिएको छ । यो समय मेरो पनि मुख्य साथि यहि इन्टरनेट बनेको छ ।

यस्तो समयका इन्टरनेटको सहि सदुमयोग गरेर हायमीले घरमै बसेर धेरै कुरा सिक्न सक्छौं । थुप्रै कुरा पढ्न सक्छौं । अनलाइनबाट विभिन्न ट्रेनिङ लिन सक्छौं । भिडियो इडिसटङ सिक्नसक्छौं । अंग्रेजी बोल्न सिक्न सक्छौं । कुकिङ सिक्न सक्छौं । डान्स सिक्न सक्छौं । ड्रोइङ सिक्न सक्छौं र आफ्ना बालबच्चालाई पनि यसरी धेरै कुरा सिकाउन सक्छौं । र यो वेला यी काम गर्न उपयोगी हुन्छ भन्ने मलाई लागेको छ ।

स्वास्थ्यको ख्याल राखौं

यो समय स्वास्थ्यको हिसाबले संवेदनशील समय हो । हामीले स्वास्थ्य सम्बन्धी चेतना राख्नु जरुरी छ । बिशेष गरि दीर्घकालीन रोगीहरुलाई बढी जटिल छ । त्यसैले खाने कुराहरुदेखि लिएर फिटनेसमा बढी ध्यान दिनुपर्छ कि जस्तो लाग्छ । मुटुका रोगीहरुलई पनि यो समय वढी नै कठिन हुनसक्छ । मैले पनि स्वास्थ्यको र समयको जटिलतालाई ध्यानमा राखेर हरेक विहान पसिना आउनेगरी घरमै योग गर्ने गरेको छु । यो सबैले गर्न सकियो भने राम्रो हुन्छ । कम्तीमा प्रत्येक दिन बिस देखि पच्चिस मिनेट योगा, ध्यान, नृत्य जस्ता कार्य गर्दा रोगिहरुलाई मात्र हैन निरोगीहरुलाई पनि यो परिस्थितिमा थोरै भए पनि मानसिक र शाररिक स्थितिलाई सहज बनाउन केहि टेवा पु¥याउन सक्छौ ।

अर्को कुरा इन्टरनेटमा हामीले योगध्यानका कक्षाहरु हेरेर योग सिक्न पनि सक्छौं । यसो गर्दा आफ्नो नियमित स्वाथ्य पनि राम्रो हुन्छ र नियमवद्ध योग सिकिन्छ पनि ।

बृद्धा, वृद्ध र बालबालिकाहरुलाई यो समयमा अलि जटिलता देखिन्छ, खासमा बालबालिकाहरुमा निरस्यता, मानसिक तनाव हुने हुदा घरपरिवारमा अविभावकले आफ्नो बालबालिकालाई खुशी बनाउने कार्य गर्ने र गर्न लगाउने उनीहरुलाई प्रोत्साहन स्वरुप सकारात्मक गतिविधिमा बढी ध्यान दिन आवश्यक छ । जस्तो कि कलात्मक कार्यहरु नृत्य, गायन , आर्ट जस्ता कार्यमा प्रोत्साहन र साथ दिने । यो समयले अर्को कुरा के थपेको छ भने आफ्नो काम व्यस्तताले बालबालिकालाई समय दिन नसकेका अभिभावकहरुले आफ्नो बालबच्चासंग यो समयमा दुरी नजिक कायम गर्ने समय पनि मिलेको छ । यसले पारिवारीक वातावरण बनेको छ । पारिवारिक अन्तरघुलन बढाइदिएको छ । त्यसैले यो लकडाउनको समयमा बालबालिकाप्रति सकारात्मक कार्यमा बढी ध्यान दिनुपर्छ । यसो गर्न सकियो भने उनीहरुको मनोबृद्धि बढ्नुका साथै मानसिक चेतना सकारात्मक बनाउन सकिन्छ ।

मजदुरको समस्यामा सरकारले ध्यान दिनुपर्छ

मलाई पनि यदाकता यो लकडाउनको स्थितिमा मजदुरहरुले भोग्नु परेको समस्या देख्दा केहि कमिकमजोरी सरकारलको भएको छ जस्तो लाग्छ । कोरोना भाइरस महामारीका कारण विश्वको धेरै देशहरुले लकडाउन घोषणा गरेको सबैलाई अबगत नै छ । यो लकडान हाम्रो नै बचाउको लागि हो भन्ने पनि थाहा छ । अब यस्तो स्थितिमा पुर्वतयारी हुने कुरै भएन । यस्तो अवस्थामा सरकारको आलोचना त अलिअलि हुने नै भयो । तर पनि हाम्रो मुलुकको सन्दर्भमा ज्याला मजदुरी गरेर बिहान बेलुकी पेट पाल्नु पर्ने मजदुरहरुको स्थिति नाजुक छ । अहिले सञ्चार माध्यमबाट र सामाजिक संजालबाट सुन्न र देख्न पाएको समाचारले सबैलाई भावुक बनाएको छ ।

काठमाडौंबाट कुम्लो, कुटुरो बोकेर हिड्दै सप्तरी, सुनसरी, ओखलढुंगा, खोटाङ्ग जाने मजदुरहरुको पैदल यात्रा निकै दर्दानक छ । यसलाई शब्दमा अभिव्यक्त गर्न सकिंदैन । एउटा चाउचाउको भरमा यात्रा गरेको देख्दा जो कोहिको मन दुख्छ । भावुक हुन्छ । सरकार पनि भावुक भएकै होला । तर सरकारलाई भावुक हुने मात्र छुट हुँदैन । सरकराले सम्पूर्ण शक्ति लगाएर याे समयमा नागरिकको सुरक्षा गर्नुपर्छ । बल्ल सरकार भएकाे अनुभूति नागरिकले गर्नेछन् ।

तर लकडानमा परि समस्या भोग्नु परेकाहरुको निम्ति सरकारले ल्याएको राहत प्याकेज सबै गरिव निमुखा मजदुरहरुको हकमा किन सबैमा कार्यान्वयन भएन । कि त सरकारले यो लकडाउनमा ती गरिव निमुखा ज्याला मजदुरी गरि खाने जनताको हकमा पिडितको पहिचान गरि पुग्ने राहतको व्यवस्था गरि पूर्ण लकडाउनको पालना गर्न पर्यो । नत्र घर फर्कन चाहने मजदुरहरुलाई सुरक्षित तवरबाट गन्तव्यमा पुर्याउने बातावरण बनाउनु पर्यो । यसो गरेको अवस्थामा ती गरिव निमुखा श्रमिकहरु लकडाउनको चपेटामा सास्ती खेप्नु परेको जनतामा थोरै भएपनि राहत मिल्छ । यस बिषयमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । अनिमात्र नागरिकले सरकार भएको अनुभुत गर्नेछन् ।

राज्यको सबै निकायले यो जटिल परिस्थितिको सामना गर्नु सक्नु पर्दछ । गरिरहेको पनि छ र नागिरिकहरुको पनि दायित्व हो । खासगरी नागरिक अगुवाई समाजसेवी राजनीतिककर्मीले पनि यस कोभिड १९ विरुद्ध अहम भूमिकाको निर्वाह गर्नु सक्नु पर्दछ । बोलेर हैन काम गरेर देखाउनु जरुरी देखिन्छ । सरकारले गरेको कमीकमजोरी औलाउने र खबरदारी गर्नु त छदैछ । आफ्नो भूमिकाप्रति पनि कठिबद्ध हुन जरुरी छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी कहिले अन्त्य हुन्छ भन्ने यकिन त छैन । आशा गरौ यो छिटै समाधान हुनेछ । यस महामारीबाट बिश्वले चाँडै छुट्कारा पाउने छ । यस गम्भीर परिस्थितिमा हामी रोगबाट बच्नको निम्ति नेपाल सरकार र स्वास्थ्य विभागले तोकेको मापदण्डको पालन गरौं । अतिआवश्यक काम बाहेक अनाआवश्य बाहिर ननिस्कौं । कुनै किसिमका समस्या भए नजिकको प्रशासन कार्यालय, जनप्रतिनिधि अथवा नेपलसरकारले उपलव्ध गरेको नम्बरमा सम्पर्क गराैं । मितव्ययी बनौं । सावधानी रहौं । अलिअलि कष्ट सहौं भोलिको उज्यालोका लागि पनि ।

सञ्चार माध्यमसंग पनि जोडिएको हुनाले हाल जनप्रतिनिधीहरुसंग सवन्य गरि आफु रहेको वडा कार्यलय भित्रका बिपन्न वर्ग मजदुरहरुको हितमा राहत वितरणको सहजतामा सकेको सहयोग गर्ने प्रयन्तमा म पनि लागिरहेको छु । म सबैलाई अनुरोध पनि गर्छु कि हामी जहाँ छौं त्यहाबाट आफू रहेको ठाउँमा कोही भोकै छन् भने सक्ने सहयोग गरौँ । सहयोगका लागि पहल गरौं । वडापालिका छ । नगरपालिका र महानगरपालिका छ । केन्द्र सरकरार पनि यहीँ छ । सहयोग गर्ने थुप्रै निकाय यहीँ छन् । हामीले थोरै मात्र पहल गरेउ भने पनि धेरै समस्या समाधान हुनसक्छ । हातेमालो गरौं । सबै मिलेर यो संटकसँग जुधौं र जितौं ।

[email-subscribers-form id="2"]
TOP