मानन्धरको अपिलः सम्पूर्ण कौशीमा तरकारी खेती गरौं

मानन्धरको अपिलः सम्पूर्ण कौशीमा तरकारी खेती गरौं



विद्रोहीहरु पुँजीवादी व्यवस्थाका लागि आतंककारी थिए । पुँजीवादले आफ्नो उमेरकालमा करोडौं मानिसको हत्या गर्यो, जो उसका लागि खतरा थिए । अहिले केही परिभाषाहरु बदलिएका छन् । विश्व मानवजातिका लागि आतंककारी बनिरहेको छ कोरोना भाइरस । यसको महामारीले एक लाख हाराहारीमा मानिसहरुलाई मारिसकेको छ । १५ लाख मानिस यसको संक्रमणको सिकार भएका छन् । यो वढ्दो छ । पृथ्वीका मानिसहरुले यसबाट जोगिन सम्पूर्ण शक्ति लगाइरहेको छ ।

नेपालमा पनि कोरोनाको महामारिबाट जोगिन लक डाउन गरिएको छ । लक डाउनका समयमा स्थानीय सरकारले कसरी काम गरिरहेको छ भन्नेबारे हामीले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का जनप्रतिनि तथा समाजसेवी जीवन मानन्धरसँग कुराकानी गरेका छौं ।

मानन्धर कुमारी युवा क्लबको बर्तमान अध्यक्ष पनि हुनुहुन्छ । विगत लामो समयदेखि उहाँ समाजसेवाको काममा पनि निरन्तर लागिरहनुभएको छ । व्यावसायिक क्षेत्रमा उत्तिकै अनुभवी, महालक्ष्मी कन्ट्रक्सनका सञ्चालकसमेत रहेका मानन्धर अहिले काठमाडौं महानगरपालिका अन्तर्गतको १६ नम्बर वडाका राहत संयोजक हुनुहुन्छ । लामो समयदेखि कम्युनिष्ट राजनीति गर्दै आउनुभएका मानन्धर नेकपा निटक १६ नम्बर वडाका जनप्रतिनिधि तथा बालाजुका स्थानीय बासिन्दा हुनुहुन्छ । उहाँके क्षेत्रमा राहात वितरणको अवस्था कस्तो छ ? सतर्कताका लागि के कस्ता उपाय अपनाइएको छ ? अफ्टेरामा परेकाहरुले कसरी सहयोग पाइरहेका छन् ? स्थानीय सरकराको प्रभावकारिता कस्तो छ ? आदि विषयमा गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

यस्तो समयमा सरकारले गर्न पर्ने काम के के हुन जस्तो लाग्छ ?

स्थानीय सरकारले पाएको जिम्मेवारी हामीले सक्दो निर्वाह गरिरहेका छौं । केन्द्र सरकारले क्वारेन्टाइनमा वस्नेहरुमाथि कडा निगरानी गर्नुपर्छ । त्यो अलि फितलो जस्तो भइरेको छ । विशेषगरी भारतबाट धेरै मानिसहरु आएकाले उनीहरुलाई होम क्वारेन्टाइनमा होइन, सरकारले नै विशेष ठाउँ बनाएर क्यारेन्टाइनमा राख्नुपर्ने देखिएको छ । होम क्वारेन्टाइन त्यति सुरक्षित पनि देखिएन र कतिपय मानिसहरु क्वारेन्टाइनबाट भागिरहेका छन् । यसले जोखिम बढाउछ ।
नेपाल भारत सीमानाका जिल्लाहरु सबैभन्दा जोखिम छन् । बोर्डरबाट हजारौं मानिस नेपाल प्रवेश गरिरहेका छन् र उनीहरु समुदायमा गएर घुलमिल हुने, तास खेल्नेजस्ता काममा सहभागी भइरहेका छन् । भोली उनीहरुबाट संक्रमण फैलियो भने स्थिति झन जटिल बन्छ । सुदुरपश्चिममा त नयाँ व्यक्तिमा कोरानाको संक्रमण देखिइसकेको छ ।

अमेरिकामा पनि कुनै वेला एक जनामा नै देखिएको थियो यो भाइरल । तर अहिले त्यो संख्या चारलाख नाघिसकेको छ । भोलि कन्ट्रोल नै गर्न नसकिने अवस्था आउँदा पछुताउने भन्दा अरु उपाए रहदैन ।

त्यसैगरी राहात वितरणका लागि केन्द्र सरकराले पैसा पठाएको छ । पैसाको साटो राहात नै सेना प्रहरी लगाएर प्याकिङ गरेर पठाइदिए धेरै सजिलो हुने थियो । अहिले राहात सामग्री किनेर बाँड भन्छ । राहात किन्न झन्झट के छ भने, पहलिा कोटेशन लिनु पर्छ पसलवालासँग । यस्तो वेलामा कुन चहीँ पसलेले कोटेशन दिन्छ ? अनि पैसा दिएर पनि सामान नपाइरहेको अवस्थामा उधाँरो सामान दिनुभन्दा सामानै छैन भन्ने स्थिति पैदा भएको छ । यस्तो समयमा कानुनी झमेलालाई केन्द्र सरकारले सहज बनाइदिनुपर्ने देखिन्छ ।
रासन किन्दा क्यास तिरेर किन्नुपर्छ तर त्यसो गर्न नियमले बाँध्छ ।
अर्को कुरा जसोतसो किनेर ल्यायो प्याकिङ गर्ने जनशक्ति छैन । हामीले यो वडामा अहिले त नयाँ बजारको मिनीमार्केट र कुमारी युवा क्लवका भाइहरुलाई राहात प्याकिङ गर्न सहयोग गर्नुभएको छ । सधै त उहाँहरुले पनि गर्नुहुन्न । समस्या भइरहेको छ ।

स्वास्थ्य सामग्रीको स्थिति कस्तो छ ?

हामीसँग सेनेटाइजर र मास्कबाहेक अरु केही छैन । त्यो पनि राहात वितरणमा जाने स्टाफहरुलाई, जनप्रतिनिधिहरुलाई र सामान प्याकिङ गर्नेहरुलाई मात्र दिइएको छ अभावका कारण । त्यही भएर पनि राहात वितरणको व्यवस्थापन मानिस आउन डराइरहेका छन् ।

जोखिम कस्तो देखिन्छ तपाईहरुको क्षेत्रमा ?

जोखिम उच्च नै छ । राहात लिन आउनेहरुलाई एक मिटरको दुरीमा रहन भनिएको छ । तर वितरण गर्ने थालेपछि त्यो दुरीसमेत कायम हुन सकिरहेको छैन । सुरक्षाका साथीहरुले सहयोग त गर्नुभएको छ तर भनेको नमानेपछि के गर्ने ? कि लखेट्नु भर्ने भयो । यो वोला नागरिक आफै सजह हुनुपर्छ । आफ्नै लागि हो नी यो त ।

सुरक्षाकर्मीसँग पनि एउटा मास्क बाहेक के छ त ? उहाँहरुको पनि स्वास्थ्य जोखिम छ नी । त्यसकारण सबैले बुझिदिदा सजिलो हुन्छ । मेरो सबैप्रति अनुरोध छ ।
महामारीपछि देखापर्ने आर्थिक संकटबारे स्थानीय स्तरमा केही काम भएका छन की ?
हामीले यस वडाका नागरिकहरुलाई अनुरोध गरेका छौं, तपाईहरु सकेसम्म तरकारी पनि बाहिर नकिन्नुस् । घरको छतमा तरकारी लगाउनुस् । त्यसले केही सहयोग पुग्छ । कोशीखेतका लागि हामीले तालिम पनि दिएका छौं । हरियो साग, धनिया, लसुन, प्याज र टमाटरजस्ता थुप्रै तरकारकारी उत्पादन गर्न सकिन्छ । यो मौकामा समयको सदुपयोग गरौं भन्न चाहनछु ।

त्यसैगरी घरमा निस्कने सामग्रीबाट यो समयमा हस्तकलाको सामग्रीहरु बनाउन सकिन्छ । पछि त्यसलाई बजार लान सकिन्छ । हामीले आह्वान गरिरहेका छौं । गर्नुहुन्छ हुन्न उहाँहरुको कुरा हो । अब अहिले घरभित्र छिर्न मिल्ने र पाइने कुरा पनि भएन ।

तपाईहरुको वडामा कति जतिले राहात पाउनुभयो ?

अहिलेसम्म ६ हजार फर्म भरिएका छन् । त्यसमा १७ सयजतिलाई वितरण गरिएको छ । संघसंस्थाको सहयोगसहित केन्द्र सरकारले दिएको राहात वितरणको पहिलो कार्यक्रम पुरा भएको छ । केन्द्रले आठ लाख दिएकोमा त्यसबाट मास्क, सेनेटाइज र राहातसमग्री किन्ने र वितरण गर्ने काम गरिसकिएको छ । अब थप परिवारका लागि हामीसँग राहात छैन् । जुटाउने पहल गरिरहेका छौं ।

हामीले अलिबढी राहातलाई ध्यान दिएर, ठाउँ ठाउँमा पानी ट्यांकी, पञ्जा, मस्क, सेनेटाइज किन्न आएको चारलाख बजेटमा पनि ढेड लाखमात्र खर्च गरेर राहत किन्नमा नै खर्च गरका छौं ।
मरवाडी सेवा समितिले पनि सहयोग गर्नुभएको छ । लायन्स क्लव, गीता गुरुङ (ठमेल पर्यटन विकास बोर्डका उपाध्यक्ष) र कर्म घलेज्युबाट, एफएनसीसीआईबाट, कुमारी युवा क्लवबाटलगायतबाट पनि आएको सहयोग गरेर १७ सय परिवारलाई राहात बाँडिएको छ ।

फर्म भरिएका सबैलाई बाँड्न अझै धेरै राहात चाहिन्छ । मेयरसँग पनि यसका लागि कुरा गरेका छौं । बैठक बस्नु छ भन्नुभएको छ । उहाँहरुले के निर्णय गर्नुहुन्छ, त्यो अनुसार अगाडि बढ्ने हुन्छ । अरु सहयोगी दाँताहरुबाट हुनसक्ने सहयोगका लागि पनि पहल गरिरहेका नै छौं ।

राजनीतिक पार्टी र समाजिक अभियान्ताहरुको भूमिका के ?

यो समयमा मेरो पार्टी र तेरो पार्टी भन्ने कुरा नै आएन । हामीले जहाँ जहाँ राहात बाँडेका छौं त्यहाँ राजनीतिक पार्टीका साथिहरु, टोलसुधार समितका साथिहरु र समाजसेवाला लागिरहनु भएका साथिहरुलाई जसको घरमा खाना पाक्ने अवस्था छैन् त्यस्ता परिवारलाई पहिचान गरेर राहात वितरणमा सहयोग गर्नुस भनेर संन्वयन गर्ने गरिएको छ ।

यो वेला मेरो मान्छेलाई नभएर वास्तविक मान्छेले राहात पाओस भनेर हयोग गरिदिनुभयो भने धेरै हुन्छ । मेरा मान्छेलाई राहात चाहियो भन्नेलाई बाँडेर सकिने अवस्था पनि छैन् । जो निमुखा छन्, भोकै मर्ने अवस्था छ, उनीहरुले मात्र राहात पाओस भन्नेमा हाम्रो जाड छ ।

सम्पूर्ण नागरिकलाई र विशेषगरी स्थानीय सरकरालाई केही धन्न चाहनुहुन्छ कि ?

हामीले यो महामारीको समयमा नियमलाई कडाइका साथ पालना गरौं । हामीले यस क्षेत्रमा सडकमा पनि धेरै जमघट छ भने सुरक्षाकर्मीलाई भनेर हटाउने, सडकमा उभ्याउने र विना पास गाडि चलाउनेलाई पनि रोकेर सडकमा उभ्याउने गरिएको छ । त्यसो गरियो भने कन्ट्रोल हुन्छकी भन्ने मान्यता हो ।

सकेसम्म घरभित्रै बस्नुस । केही सिर्जनात्मक काम गर्नुस । काठमाडौंका सम्पूर्ण कौशीमा तरकारी खेती गरियो भने ३० प्रतिशत तरकारी बजारबाट खपत गर्नु पर्दैन । त्यति मात्रै भयो भने बजारमा तरकारीको मूल्य बढ्दैन र बजारमा किनेर खानुपर्नेहरुका लागि सहुलियत हुन्छ ।

स्थानीय सरकारलाई भन्नुपर्ने कुरा भनेको केन्द्र सरकारबाट राहातका लागि पैसा हैन सामान नै पठाउन अनुरोध गर्नुर्यो । त्यो भयो भने एउटै मापदण्डमा निमुखा परिवारले अलि राम्रो खालको दाल चामल पाउने थिए । पैसा दिदा विभिन्न क्लाटिका सामान किन्ने र वितरण गर्ने अवस्था हुन्छ । एक रुपता पनि आउँदैन् र अनियमितता हुने खतरा पनि रहन्छ । बाहिर खरिद गर्न पनि सजिलो छैन् ।



[email-subscribers-form id="2"]
TOP