काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत १६ नम्बर वडाले एक सातादेखि राहत वितरण शुरु गरेको छ । म्हेपी मन्दिर, सोह्रखुट्टे गणेश मन्दिरस्थित नयाँबजारको जुडो हलमा समजसेवी, १६ वडा सदस्य तथा कुमारी युवा क्लबका अध्यक्ष जीवन मानन्धरको संयोजकत्वमा चैत्र २४ ५०० परिवारलाई चैत्र २५ गते सय परिवारलाई राहात वितरण गरिएको छ । योभन्दा अघि आठसय परिवारले राहात वितरण गरिसकिएको छ ।
कोरोना भाइरसको महामारीका कारण सरकारले लकडाउन शुरु गरेसँगै दैनिक ज्यादारी मजदुहरुको दैनिकी सहज बनाउन सरकारले देशव्यापी राहत वितरण गरिरहेको छ । समाजसेवी मानन्धर एक सातादेखि आफ्नो वडाभरी सबैको समस्या बुझ्दै हिडेका छन् । विभिन्न संघसंस्थाले गरेको सहयोगसमेत वडाले संकलन गरेर राहत वितरण गरिएको छ । चैत २४ गते मात्र ५०० सय परिवारलाई राहात वितरण गरिएको र अझै समस्यामा परेका श्रमिक परिवारहरु सम्पर्कमा आएकाले पुनः केही दिनमा बाँकी परिवारलाई पनि राहत वितरण गर्ने तयारी गरिएको मानन्धरले बताए ।

‘यो विश्व नै समस्यामा परेको समय हो । यस्तो समयमा सबैले सरकारको नियम पालना गरिदिनुहोला । सारै नै समस्या भयो, खाना खाने नै समस्या भयो भने हामी जस्तो सुकै अवस्थामा पनि सहयोग नर्ग तयार छौं । तर यो वेला आनुसासनमा बसिदिनु होला । यो आफ्नै लागि हो । अलिअलि दुख व्यहोरर भएपनि अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कनु होला । म सबैमा विनम्र अनुरोध गर्दछु । मानन्धरले भन्नुभयो ।
राहतका लागि सबै सामग्रीको प्याकिङमा नयाँ बजारको मिनिमार्केट र कुमारी क्लबले निःशुल्क सहयोग गरेको छ । नयाँ बजारका बासिन्दा, बरिष्ट कलाकलार तथा चलचित्रकर्मी नागे ढंगोलको राहत वितरण तथा संकलनमा अहोरात्र खटेका छन् साथै राहत सहयोग पनि गरेका छन् ।
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरु अहिलेसम्म ७० हजार नाघिसकेको छ । यो बढ्दो छ । १२ लाख ८८ हजार मानिसमा यो रोगको संक्रमण भएको छ भने यो अझै नियन्त्रण आउन सकेको छैन् । नेपालमासमेत नौ जनामा यो रोग संक्रमण भएको पत्ता गालेको छ । त्यसकारण पनि सबै सचेत हुन जरुरी छ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि