
झापा । सत्तारुढ नेकपाले झापा निर्वाचन क्षेत्र ५ ख को इन्चार्जको जिम्मेवारी पूर्व विद्यार्थी नेता विरेन्द्र वस्नेतलाई दिएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपि शर्मा ओलीको गृहनगर दमक नगरपालिका समेत रहेको यस क्षेत्रालाई विशेष राजनीतिक मैदानको रुपमा हेरिन्छ ।
नेकपा प्रदेश १ कमिटीका सदस्य समेत रहेका बस्नेत तत्कालीन माओवादी जनयुद्ध ज्युँदा सहिद हुन् । युद्धकालमा तीन पटक जेल र हिरासतको कठोर यातना भोगेका योद्धा वस्नेत १९ महिना २० दिन भैरवनाथ गणको कालकोठरीबाट संयोगले जीवितै फर्किएका थिए । बस्नेतका दाजु पुष्पराज बस्नेत र भाइ धीरेन्द्र बस्नेत सोही भैरवनाथ गणवाटै हालसम्म पनि वेपत्ता पारिएका छन् ।
तत्कालीन अखिल (क्रान्तिकारी) को पूर्व महासचिवसमेत रहेका बस्नेत २०६५ सालमा सानोठिमी क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए ।
नेता बस्नेतले आफुले पार्टीले दिएको यस जिम्मेवारीलाई चुनौति र अवसरका रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि