
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे सुझाव संकलन गर्न बनेको तीन सदस्यीय सुझाव संकलन समितिको बैठक बसेको छ । १० दिनभित्र सुझाव संकलन गरिसक्नुपर्ने समयसीमा पाएको समितिमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल संयोजक र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली एवम पूर्व परराष्ट्र मन्त्री तथा नेकपाका फरक धारका नेता भीम रावल सदस्य रहेका छन् ।
आश्चार्य लाग्ने कुरा के छ भने, नेता रावल सुरु देखिनै एमसीसीको विपक्षमा छन् र यो कुनैपनि हालतमा पास हुनुहुँदैन भन्ने तर्क गरिरहेका छन् । अर्कोतिर परराष्ट्र मन्त्री ज्ञवाली एमसीसीको पक्षमा छन् । यसले देशको समृद्धि आउंछ भन्ने उनको तर्क छ ।
संभवतः अध्यक्षद्धयले पनि सबै खाले समिश्रण भएको टोली बनाएर चतुर्याई गरेको नेकपाका एक केन्द्रीय सदस्यले बताए ।
समितिका संयोजक बरिष्ठ नेता खनाल भने संशोधन गरेर मात्र यसबारे सोच्न सकिने बताउंदै आएका छन् । उनले यसअघि एमसीसी यदि इन्डो प्यासिफिकको अंक होइन भन्ने यकिन नहुन्जेलसम्म यसबारे निर्णय गन नहुने बताउँदै आएका थिए ।
यसप्रकार उनी तटस्थ भूमिका निर्वाह गर्दै आएका छन् ।
संभवतः अध्यक्षद्धयले पनि सबै खाले समिश्रण भएको टोली बनाएर चतुर्याई गरेको नेकपाका एक केन्द्रीय सदस्यले बताए ।
यो कार्यदलले अब आउने १० दिनमा कस्तो प्रतिवेदन ल्याउने हो त्यसतर्फ सबैको ध्यान खिचिएको छ । एक जना कट्टर समर्थक र अर्को जना कट्टर विरोधी सदस्यलाई नेता खनालले कसरी सम्याएर जान्छन् भन्नेमा चौतर्फी चासो देखिएको ति नेताले कारोवार पोष्टलाई बताए ।
तर एक विश्लेषकले भने कार्यदलमा पूर्व माओवादी खेमालाई नमिसाइएकाले यो पास हुने तर्फ मोडिएको छ भन्ने तर्क राखेका छन् । नेकपाभित्र पूर्व माओवादी खेमा भने एमसीसीबारे अध्ययन गरेर मात्र पास हुने अन्यथा नहुने विचार व्यक्त गरिरहेका छन् । त्यसो त अध्यक्ष प्रचण्डले पनि खुलेर यस विषयमा बोलेका छैनन् ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि