
काठमाडौं । सत्तारुढ नेकपाका युवा नेता तथा अखिल क्रान्तिकारीका पूर्वमहासचिव विरेन्द्र बस्नेतले पार्टीभित्र निरन्तर सुद्धिकरणको आवश्यकता भएको बताउनुभएको छ ।
माघ १८ गते नेकपा कमल गाउँकमिटी पाँच नम्बर वडाद्वारा आयोजित वडास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्र निरन्तर सुद्धिकरण अभियान नचलाए पार्टी कमजोर बन्दै जाने बताउनुभएको हो ।
‘पार्टीभित्र युवाहरुलाई आकर्षीत गर्न विशेष योजना र अवसर सृर्जना गर्नुपर्छ । पार्टीभित्र युवाहरु आकर्षित हुन छाडेभने, त्यो विघटनको बाटोमा जान्छ ।’ उहाँले भन्नुभयो, ‘त्यसकारण नेकपाले पनि युवाहरुलाई पार्टीभित्र अवसर सृर्जना गरिदिनु पर्छ । माओले भन्नुभएजस्तो यो संसार युवाहरुकै हो । संसार हाक्ने महोत्वकांक्षा बोकेका युवाहरुका लागि नेकपा आकर्षणको केन्द्र बन्नैपर्छ ।’
नेता बस्नेतले पार्टीलाई आधुनिकिकरण गर्नु पर्नेमा पनि जोड दिनुभयो । ‘नेकपा निरन्तर मजबुद बन्दै भइरहेको छ । नेकपालाई वर्तमान युगको नेतृत्व गर्नसक्ने गरी आधुनिकिकरण गर्दै लैजान जरुरी छ । नेपाली कांग्रेसभित्र तीव्र विघटन छ । हामीले जनताका चाहना अनुरुप काम गर्दै जान सकियो भने नेपालको राजनीतिमा नेकपाले एकलौटी नेतृत्व गर्नसक्छ ।’ उहाँका भनाइ थियो ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि