
‘अशोक राई र बाबुराम भट्टराई त्यहाँ निरिह भएर बस्नुपरेको छ भन्ने सुने। मैले भन्नुभर्दा उपेन्द्र जी पनि यो धेरै झमेला गर्नुभन्दा यहीँ मिल्नु आउनुभयो भने राम्रो हुन्छ भन्न चाहन्छु । अलग अलग चुल्हा चौका लगाएर यहाँ धेरै हुनेवाला छैन् । देशलाई स्थीरता र समृद्धि दिउ । देशलाई नयाँ युगतिर लैजाउँ ।’
काठमाडौं । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईलगायतका समाजवादी पार्टी नेपालका नेताहरुलाई नेकपामै एकीकृत हुन आग्रह गर्नुभएको छ ।
उहाँले समाजवादी पार्टीबाट नेकपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै सबै कम्युनिष्ट शक्तिलाई नेकपामा गोलबन्द हुन आह्वान गर्नुभयो ।
‘अहिले नेकपालाई बलियो बनाएर नै राष्ट्रिय एकतालाई बलियो बनाउन सकिन्छ । राष्ट्रिय स्वाधिनतालई पनि सदृढ गर्न सकिन्छ । जनताका विकास र समृद्धिको आकांक्षालाई पनि हामीले सम्बोधन गर्न सकिन्छ ।’ नेकपा पार्टीमा आउने नवप्रवेशीहरुलाई स्वागत गर्दै उहाँले भन्नुभयो, ‘त्यसकारण तपाईहरुले गर्नुभएको निर्णय सहि छ । त्यसका लागि पार्टीको तर्फबाट बधाइ भन्न चाहन्छु । अब अरु धेरै कुरा भन्नु छैन् । हामी राजीति आन्दोलनको विशिष्ट क्षण र मोडबाट अगाडि बढ्दै आएका छौं । हामीले लामो संघर्ष र बलिदानबाट नेपालमा संघीय लोकतान्त्रीक संविधान बनायौं । त्यो संविधान अनुसार तीनै तहको निर्वाचन पनि सम्पन्न गर्यौं । नेपालको इतिहासमा पहिलो पटक राजनीतिक स्थाइत्वको वातावरण बन्यो । अब यसलाई टिकाइ राख्नु हामी सबैको दायित्व हो ।’
झण्डै ७० वर्षदेखि जहिले पनि अस्थिरता, अराजकताबाट गुज्रदै आएको स्मरण गराउदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘देशको आर्थिक समृद्धिका निम्ती, जनताका खुसी र सुखका निम्ति एकताबद्ध हुनुको विकल्प हामीसँग छैन् । तपाईहरु आज पार्टीमा प्रवेशले सकारात्मक सन्देश दिएको छ ।’
उहाँले समाजवादी पार्टीका नेता उपेन्द्र यादवसमेत धेरै झमेला गर्नुभन्दा नेकपामै आउन आनुरोध गर्नुभयो । ‘अशोक राई र बाबुराम भट्टराई त्यहाँ निरिह भएर बस्नुपरेको छ । अप्फटेरो स्थितीमा हुनुहुन्छ भनेर रामप्रसाद जीले भन्नुभयो । उहाँले भनेको सत्य नै होला । मलाई त त्यति जानकारी छैन् । मैले भन्नुभर्दा उपेन्द्र जी पनि यो धेरै झमेला गर्नुभन्दा यहीँ९नेकपामा० मिल्नु आउनुभयो भने राम्रो हुन्छ भन्न चाहन्छु । अलग अलग चुल्हा चौका लगाएर यहाँ धेरै हुनेवाला छैन् । देशलाई स्थीरता र समृद्धि दिउ । देशलाई नयाँ युगतिर लैजाउँ ।’ प्रचण्डको भनाइ थियो ।
पार्टी प्रदेश गर्ने सबैलाई आफुले जो जहाँबाट ब्युँझिनुहुन्छ त्यहीँबाट हिड्न थाल्ने हो भनेको भन्दै प्रचण्डले तपाईहरु आज ब्युँझिनुभयो आउनभयो, अरु साथिहरु पनि भोलि ब्युझिनुहुन्छ र आउनुहुन्छ भन्ने विस्वास लिएकोे धारणा राख्नुभयो ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि