
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्तारुढ दलभित्रको लामो रस्साकस्सीबिच सचविलायको एकमतले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो
यसअघि आइतबार बिहान पार्टी अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउने विषयमा सहमति भएको थियो । दुई अध्यक्षबीच भएको सहमतिलाई नै सचिवालय बैठकले अनुमोदन गरेको हो ।
तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको थियो । महराले राजीनामा दिएसँगै सो पद कसले लिने भन्नेमा नेकपाभित्र विवाद बन्दै गएकोमा आइतबार ओली र प्रचण्डबीच पूर्वमाओवादी समूहका सापकोटाको नाममा सहमति जुटेको हो ।
सभामुख उम्मेदवार सापकोटाको व्यक्तिगत विवरण
जन्म मितिरस्थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डे गाउँ
आमाको नामः तिलमाया सापकोटा
बुबाको नामः धनपति सापकोटा
स्थायी ठेगानाः चौतारा साँगाचोकगढी न।पा वडा नं ४, सिन्धुपाल्चोक
शैक्षिक योग्यतास् स्नातक, त्रिभुवन विश्वविद्यालय
पारिवारिक स्थितिः श्रीमती, तीन छोरा
पेशा र अनुभवः
१५ वर्ष अध्यापन, ९७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक
पार्टी सदस्यता मिति र पार्टीको नामः
वि.सं. २०३५ साल नेकपा (चौथो महाधिवेशन)
पार्टी जिम्मेवारीः
स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
राजकीय जिम्मेवारीः
वि.सं. २०६४ – चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निकटतम प्रतिद्धन्द्धीभन्दा २० हजार बढी मत ९३०,१७५० ल्याइ निर्वाचित । देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार । संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशाील ।
वि.सं. २०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री
वि.सं. २०७० – सिन्धुपाल्चोक–२ वाट दोस्रो पटक संविधान सभा सदस्यमा निर्वाचित तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा९माओवादी० बाट विजयी एकमात्र सांसद ।
वि.सं. २०७२ – नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्री
वि.सं. २०७४ – प्रतिनिधि सभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीनपटक संसद सदस्यमा विजयी (ह्याट्रिक)
संक्षिप्त राजनीतिक जीवन
वि.सं. २०२९ – सालमा विद्यार्थी संगठनमा आवद्व,
वि.सं. २०३५ – पार्टी सदस्यता ९नेकपा चौथो महाधिवेशन०,
वि.सं. २०३७ – शिक्षक संर्घष समितिको सदस्य ९ने।रा।शि।सं० जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष,
वि.सं. २०४८ – मा शिक्षकवाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सकृय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य,
वि.सं. २०५१ – मा नेकपा ९एकता केन्द्र० को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत,
वि.सं. २०५२ – फागुनवाट शुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रिय व्यूरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनवाट पोलिट्व्युरो सदस्यमा निर्वाचित,
वि.सं. २०५८ – पार्टीवाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागि,
वि.सं. २०६२ – चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागि गम्भीर घाइते वि.सं. २०६२र२०६३ – दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाइ जनआन्दोलनमा परिचालनको नेतृत्व
वि.सं. २०६९ – साल माघमा भएको एकीकृत नेकपा ९माओवादी० को हेटौडा महाधिवेशनवाट पोलिट्व्युरो सदस्य वि.सं. २०६९ – साउनमा एकीकृत नेकपा ९माओवादी० को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता
वि.सं. २०७१ – मा भएको विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य
वि.सं. २०७२ – नेकपा ९माओवादी केन्द्र०को कार्यालय सदस्यवि.सं. २०७५ – नेपाल कम्युनिष्ट पार्टी (नेकप)को स्थायी समिति सदस्य
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि