तिमी त्यस्ता मानिसहरुबीच बस जसले तिम्रो महत्व र मूल्य बोध गर्न सक्छन्

तिमी त्यस्ता मानिसहरुबीच बस जसले तिम्रो महत्व र मूल्य बोध गर्न सक्छन्

आफ्नो मृत्यू अगाडि बाबुले छोरालाई बोलाएर हातमा लगाएको घडी फुकालेर दिंदै भने, ‘यो २०० वर्ष पुरानो हो । यो घडी तिम्रो हजुरबुवाले परलोक जानु अगाडि मलाई दिनुभएको थियो । यो तिमीलाई दिनु अगाडि पहिले घडी मर्मत गर्ने ठाउँमा जाऊ र यसको मूल्य सोधेर आऊ ।’

एक छिन पछि छोरो फर्केर आयो र निरास हुँदै भन्यो, ‘यसलाई त पचास रुपैयाँ मात्र पर्ने रहेछ । किनकि यो निक्कै पुरानो रहेछ ।’

त्यसो भए तिमी कफी सपमा सोधेर आऊ । छोरा एकछिन पछि फर्केर आएर भन्यो, त्यहाँ पनि पचास रुपैयाँ मात्र दिने रहेछन ।

त्यसो भए तिमी संग्रहालय जाऊ र यसको मूल्य सोधेर आऊ । एक छिन पछि छोरो दङ्ग पर्दै आएर भन्यो, त्यहाँ त यस घडीको मूल्य दश लाख रुपैयाँ पर्ने रहेछ ।

बाबुले घडी छोराको हातमा राख्दै भने, बाबु, सबैले सबै कुराको महत्व बुझ्न सक्दैनन् । त्यसैले तिमी पनि त्यस्तो ठाउँ र त्यस्ता मानिसका बीचमा मात्र बस जसले तिम्रो मूल्य र महत्व बुझ्न सक्दछन् ।

[email-subscribers-form id="2"]
TOP