
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नबिल बैंकको नाफा ८.९१ प्रतिशतले घटेको छ।
गत आवको यही अवधिमा ३ अर्ब ६७ करोड रूपैया नाफा गरेको बैंकले यस पटक ३ अर्ब ३५ करोड मात्र नाफा गरेको हो।
बैंकले उल्लेख्य रकम जोखिम प्रावधान राखेपछि नाफा घटेको हो। बैंकले यस्तो प्रावधानमा ६१ करोड रूपैया राखेको छ।
बैंकको खराब कर्जा समेत बढेर १.१४ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी करिब ३० प्रतिशतले बढेर ६ अर्ब ५९ करोड पुगेको छ।
४ प्रतिशतले निक्षेप बढेको नबिलको कर्जा लगानी १२ प्रतिशत बढेकोछ भने २ खर्ब ३४ अर्ब निक्षेप संकलन गरेको बैंकले २ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ ।
बैंकको सञ्चालन मुनाफा र सञ्चित आम्दानी दुवै घटेको छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४ रूपैया १६ पैसा छ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
१ महिना अगाडि
१ महिना अगाडि
३ वर्ष अगाडि