मंसिर महिनाको पहिलो दिन सुनचाँदीको भाउमा गिरावट

मंसिर महिनाको पहिलो दिन सुनचाँदीको भाउमा गिरावट

मंसिर महिनाको पहिलो दिन सुनको भाउ गिरावट भएको छ । मंसिर १ गते, बुधबार सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । कार्तिकको अन्तिम दिन भने प्रतितोला ५०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

बुधबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २८० रुपैयाँमा किनबेच भइरहेको छ । महासंघको तथ्यांक अनुसार अघिल्लो कारोबार दिन, मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २९० रुपैयाँ कायम रहेको थियो।

[email-subscribers-form id="2"]
TOP