नेपालमा नेपाली चलचित्र नचल्नुको पछाडी को जिम्मेवार ? निर्मल मिश्र

नेपालमा नेपाली चलचित्र नचल्नुको पछाडी को जिम्मेवार ? निर्मल मिश्र

पछिल्लो समय नेपालमा विदेशी सिनेमाहरुको एकाधिकार स्थापना भएको छ । नेपाली सिनने बजार नेपाली चलचित्रकर्मीको नभई विदेशीहरुको हातमा सुम्पीइसकीएको आभास म लगायत धेरै चलचित्र कर्मीहरुले गरीरहेका छन् । लगातार घाटामा जाँदैभएपनि चलचित्र बनिरहेका छन् निर्माताहरु लगातार घाटा बेहोरी रहेका छन् । तर चलचित्रले कमाउन छोडीसकेका छन् ।

यसकिसीमको व्यापारबाट चलचित्र क्षेत्र नै गायव हुने खतरा देखिन्छ तर सरोकारवाला खुच्चिंग गर्दै बसिरहेका छन् । म नेपाली चलचित्रको डरलाग्दो भविश्य देखिरहेको छु । के साच्चीकै नेपाली चलचित्रले दर्षक गुमाउदै गईरहेको हो त ? या फेरी चलचित्र क्षेत्रमा कसैको श्राप परेको छ । यस्ता प्रश्नहरु मनभरी छन् । चलचित्र क्षेत्रको आर्कषण दिनानुदिन घटीरहनुको पछाडी कसको दोश , कमजोरी छ?
१. सुचना तथा सन्चार मन्तालय कमजोरी
२. चलचित्र बिकास बोर्ड कमजोरी
३. नेपाल चलचित्र संघ कमजोरी
४. नेपाल चलचित्र निर्माता संघ कमजोरी
५. बितरक कमजोरी
६. निर्माण पक्ष को कमजोरी
७. निर्देशक को कमजोरी
८. कलाकार को कमजोरी
९. टेक्निसियन को कमजोरी
१०. मिडिया को कमजोरी
११. नेपाली दर्सकका कारण ?

हामीले अध्यन गरेउ, नेपाली भन्दा हिन्दी या अङ्ग्रेजी नै ठिक भन्ने दर्शक, बिदेशी सिनेमा प्रति को लगाव ,नेपाली चलचित्रलाइ माया नै नगर्ने दर्शक ,नेपाली फिल्म जति सबै सबै त्यस्तै त हो भन्ने सोच या केले ? नेपाली फिल्म चल्न कि त केहि कान्ड हुनुपर्ने या त कसैको मृत्यु हुनुपर्ने ?
के यहि हो त नेपाली सिनेमा चल्नु पर्ने कारण ? कथाबस्तुले सिनेमा किन चल्दैनन् ?

मेरो मनमा यि प्रश्न सधैं खड्गि रहेका थिए । नेपाली फिल्म किन चल्न सकेन , हामी ले यति धेरै दुख गरेर देश बिदेश मा गएर नेपालि समाजमा घटेका घटना लाई चित्रण गरेर नेपाली ले भोगेको कुराहरु लाई एउटा कथा मार्फत एउटा फिल्म बनाउछौ समाज लाई परिवर्तन गर्ने उद्येस्यले फिल्म तयार हुन्छ त्यो फिल्म दर्शक ,हलसम्म पुर्याउन ठुलो चुनौतीका साथ पैसा पनि खर्च गर्छौ हलमा पुग्छ तर बिदेशी फिल्म को चपेटामा हामी पर्छौ ।

एउटा होइन दुइटा होइन सबै नेपाली फिल्म को गति यहि हो । मैले त प्रचार प्रसार गर्न नसकेर होला , हाम्रो टिम को धेरै कमि कमजोरी भएकाले होला या समिक्षक ले भने अनुसार कथा बस्तु नमिल्दा मेरो फिल्मको नचलेको होला भनेर चित्त बुझाएको थिए तर आज लगातार यति धेरै नेपाली फिल्म को यस्तो हालत देखेर बोल्नै बाध्य भएको छु । हामीले बनाइएको फिल्म लप्पन छप्पन ठिक नै थियो छ पनि ।

यहाँ को ब्यबस्था नै खराब रहेकाले हाम्रो फिल्म चल्न सकेन । हो, राज्य ले हेर्ने दृष्टिकोण फरक छ सरसहयोग छैन । साहनुभुती छैन भन्ने बुझाइ मेरो छ । बिदेशी भुमि मा नेपाली चलचित्र चलाउन धेरै प्रक्रिया पुर्याउनु पर्ने तर नेपालमा बिदेशी चलचित्र चलाउन कुनै चुनौती नै छैन खुल्लम खुल्ला कुनै प्रक्रिया बिना , कुनै रोकतोक बिना चल्न दिने परिपाटी छ ।यस को अर्थ नेपाल को पैसा सिधै बिदेश तिर लैजानु भन्नू हो ? होईन भने यसमा सबैको समयमै ध्यान जानु पर्ने होईन र?

चलचित्र हलमामात्र चलेका छैनन् । तर अनलाईन प्ल्याटफर्ममा दर्शकले हेरीदिएका छन् । एकैखाले संबादले वा चलचित्रको कथाबस्तु बोझीलो भएका कारण दर्शक हलसम्म नतानीएका पो हुन् की भनेर पछिल्लो समय निर्माता निर्देशकहरु फरक धारका चलचित्र निर्माणमा नजुटेका पनि होईनन् । यद्धपी कुनै पनि विधिले नेपाली चलचित्र चलिरहेका छैनन् । चलचित्र चलाउन कि त दुर्घटना निम्तीनु पर्ने कि त नभएका हल्ला वा स्क्याण्डल आईलाग्नु पर्यो । अन्यथा चलचित्रको प्रचार प्रशार नै गर्न अप्ठेरो स्थिीती छ । अर्का तीर चलचित्रको इन्सन्सुरेन्स गर्ने भन्ने कसैले सोच्न सकेका छैनन् । करोडौ लगानी गरेर बनेका चलचित्र घाटामा जाँदा देशको अर्थतन्त्रमापनि गिरावट आँउछ । राज्यले यो कोणबाट हेरेको सायद छदैछैन ।

हामी सबै जिम्मेवार बनौ सबै मिलि सुधार गरौ आफ्नो आफ्नो ठाउ बाट राज्य लाई जिम्मेवार बनाउ पहल गरौ एउटा चलचित्र सङ हजारौं नागरिकले रोजगारी पाएको हुन्छ पारिश्रमिक पाएको हुनाले राज्य ले नेपाली चलचित्र निर्माता को लगानी बिदेश मा जस्तै पर्यटन प्रबर्द्धन मा टेवा पुर्‍याउने हुनाले १०० मा ४०, फिर्ता को ग्यारेन्टी गर्ने निती ल्यावोसस । होईन भने फेरि नेपाल मा यस् क्षेत्रमा काम गर्ने सम्पूर्ण पलायन हुनेछ्न फेरि यस्तो खालको नेपाली फिल्म बन्थे एका देश को कथा होला ? समयमै नेपाल मा अङ्ग्रेजी हिन्दी फिल्म चल्न प्रतिबन्ध लगाइयोस ।

निर्मल मिश्र, चलचित्र लप्पन छप्पन २ का निर्माता हुन् ।