राज कुन्द्राका लागि शिल्पाले काटिन् कपाल

राज कुन्द्राका लागि शिल्पाले काटिन् कपाल

पोनोग्राफी प्रकरणमा राज कुन्द्रा जेल परेपछि बलिउड अभिनेत्री शिल्पा शेट्टीको वैवाहिक सम्बन्धका विषयमा अनेक अड्कलबाजी भइरहेका थिए ।

राज जेल परेपछि शिल्पाले सम्बन्धविच्छेद गर्न सक्ने भनेर चर्चा चलिरहेको समयमा शिल्पाले राजका लागि कपाल नै खौरिएकी छन् ।

उनले पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेकी छन् । उनले सेयर गरेको भिडियोमा कपाल खौरिएको देख्न सकिन्छ । उनले टाउकोको तल्लो भागको कपाल खौरिएकी छन्। उनले राज कुन्द्रा जेलमा रहँदा उनको रिहाईको कामना गर्दै कपालको थोरै भाग खौरिने बाचा गरेकोले रिहाईपछि कपाल खौरिएको बताएकी छन् ।