
चर्चीत नेपाली गायीकाहरु अनिता चलाउने, एलिना चौहान, समिक्षा अधिकारी, बेनिशा पौडेल र रचना रिमालसमेतको स्वरमा सजिएको तीज गीत जिन्दगी दुई दिनको घाम छाँया आज युटुयूव मार्फत सार्वजनिक भएको छ ।
अनिता चलाउनेको प्रस्तुती रहेको गीतमा चर्चीत फेसन डिजाईनर रुवी राणाले आफ्नो सुन्दर नृत्य प्रस्तुत गरेकी छन् ।
कारोवारपोष्टसंग कुरा गर्दै गायीका चलाउनेले यो तीज गीत ल्याउन आफू लगायत टिमका सवैले कडा मेहनत गरेको बताएकी छन् ।
तीजलाई मौलिक पर्वको रुपमा मनाउदै तीज केवल दिदी बहिनीहरुको चाडको रुपमा प्रस्तुत गर्न महिलाहरुको मात्र नृत्य प्रस्तुत गर्न लागीएको पनि उनले बताईन् । हामीले गीतको नृत्यमा पूरुषको भूमिकामा महिलालाई नै नृत्य गराएका छौं । यसको अर्थ पुरुषहरुलाई पाखा लाउन खोजिएको भने होईन् ।” उनले भनिन्
जिन्दगी दुई दिनको घामछायालाई चलेका कोरीयोग्राफर गम्भिर विष्टले आफ्नो लोक कौषलमार्फत अझै उत्कृष्ट बनाएका छन् ।
दिपक शर्माको शव्द तथा संगीत रहेको तीज गीतमा स्वर दिएका सवै कलाकारहरुको अव्वल नृत्यसमेत देखाईएको छ ।
‘बिग बजेट’ को सज्ञा दिइएको यो गीतमा नेपाली मौलिक तीजको झझल्को पनि समेटीएको छ । अनिता चलाउनेको यसअघि प्रकाश सपुतसंग फुटेका चुराले भन्ने गीत दर्शकले औधी रुचाएका छन्।
गीत पूरा हेर्न यो लिंक क्लीक गर्नुहोस्
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि