जनता हाँस्दा म कसरी हाँसु ?: माननीय शान्ता चौधरी

जनता हाँस्दा म कसरी हाँसु ?: माननीय शान्ता चौधरी

काठमाण्डौ । हिजो विहिबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका नेता तथा माननीय शान्ता चौधरीले प्रस्तुत गर्नु भएको कविता ।

जनता हाँस्दा म कसरी हाँसु,
कठैबरा कसले होला पुछिदिने आँशुू
विरोधका लागि विरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु।
सरकार विकास गर्छ।
जनतालाई हँसाउछ, खुसी दिन्छ।
तर विकास विरोधीहरुको आँखा रसाउँछ अनि खुसी हराउँछ।
प्रधानमन्त्रीको जब देशभरी जनलहर आउँछ।
तव विरोधीहरुको निन्द्रा हराउँछ।
विकास प्रेमीहरु अहिले खुसीले गदगद छन्।
सुन्दैछु नयाँ वर्षको प्रवेशसँगै देशले अमूल्य चिज पाउँदैछ।
गौतम बुद्ध विमानस्थल सम्पन्न भयो।
धरहरा मुसुक्क मुस्कुरायो।
कोही भन्दैछन् जनता हाँस्दा म कसरी हाँसु
कठैबरा कसले होला पुछिदिने आँशु।

[email-subscribers-form id="2"]
TOP