काटा लागा गर्लको भाइरल सौन्दर्य (फोटो फिचर)

काटा लागा गर्लको भाइरल सौन्दर्य (फोटो फिचर)

एजेन्सी । काटा लागा गर्लको उपनामले शेफाली बलिउडमा चर्चित छिन् । उनी ३७ बर्षकी पुगिन् तर उनको सौन्दर्यमा कमी आएको छनै । अभिनेत्री शेफाली जरीवाला सामाजिक सञ्जालमा असाध्यै क्रियाशील छिन् । उनले प्रायः आफनो तस्बिर शेयर गर्ने गर्छिन् । जुन सामाजिक संजालमा धेरै रुचाएको पाइन्छ ।

त्यस्तै केही दिन अगाडी उनी सार्वजनिक गरेको केही तस्बिरहरु अति आर्कषक र सुन्दर रहेको छ । जुन अहिले भाइरल भईरहेको छ ।

‘काटा लागा गर्ल‘को उपनामले शेफाली बलिउडमा चर्चित छिन् । उनले सन २००२ मा काटा लगा गीतमा अभिनय गरिकि थिइन् । उक्त गीत हिट भएको थियो ।

शेफाली चर्चिच रियालिटी कार्यक्रम बिग बोस १३ मा सहभागी भएकी थिइन् । उनलाई दर्शकले खुब मन पराएकी थिए ।

शेफाली जारीवालाको जन्म सन १९८२ डिसेम्बर १५ अमेहावाद गुजरातमा भएको हो । उनले चलचित्र र सिरियलमा अभिनय गर्नुका साथै करिब आधा दर्जन रियालिटिसोमा समेत काम गरीसकेकी छिन् ।

[email-subscribers-form id="2"]
TOP