क्रान्तिकारी कवि: टंक जाेशी
विचारको पतन
दृष्टिकोणको पतन
आदर्शको पतन
महापतन
जुन दिन
विचार सही थियो,
कार्यदिशा र कार्यनीति सही थियो !
टुसाउँदै गरेका त्यान्द्राहरु
महानाकय बने !
मालेमावादका असली पथ–प्रदर्शक बने !
एक आदेशमा हजारौं हाँसीहाँसी मर्न तयार थिए
आहा !
तिम्रो नामको मृत्यु
कति गर्विलो थियो !
कति साहसिक थियो ।
तिम्रो अनुहार होइन !
तिम्रो कद होइन !
तिम्रो आवाज सुन्दा,
कसैले तिम्रो नाम भन्दा,
मुक्तकण्ठले सपना सजाउँथे !
कमरेड प्रचण्ड !
कमरेड लालध्वज !
जीवनको सपना
मुक्त जीवन
मुक्त संसार !
समाजको जन्जिर तोड्न ,
असमानताको बार भत्काउन ,
सत्ताको दमन रोक्न ,
सर्वहारा वर्गको तिम्रो नारा !
मृत्युलाई जितेर ,
दुस्मन माथि जाइलाग्ने अठोट बन्थ्यो !
सहिद बन्ने सपना बुन्थ्यो !
संसार जित्ने साहस बन्थ्यो !
ब्यक्तिगत जीवनलाई कुल्चिदै
कम्युनिस्ट आदर्शको यात्रामा
कमरेडेली विचारलाई
मृत्युले कहिले जित्न सकेन !
कायरहरु वीर बने !
वीरहरु महाविर बने !
साम्यवादको झण्डा फहराउन
लासहरुलाई भर्याङ बनाउने
तिम्लाई सगरमाथामा टिकाउने
कमरेड त्यो कठिन आदर्श
कहिले झुकेन ।
कहिले मरेन ।
रक्ताम्यै थिए !
डाँडापाखा अनि पखेरा
गाउँशहर अनि बस्तीहरु !
स्वाधिनताको लडाइँ
पराधिनता बिरुद्ध सुरुङ युद्ध !
सामूहिक जीवन !
सामूहिक उत्पादन !
जनकम्युन र जनसरकार !
स्वाधिन नेपाल !
जनगणतन्त्र नेपाल !
प्रतिक्रियावादी राज्यसत्ता ध्वस्त पारौं !
महान जनयुद्धको बाटोमा अघि बढौं !
२१ औं सदिको नयाँ जनवादी ब्यबस्था !
समाजवाद हुँदै बैज्ञानिक साम्यवाद !
आहा ! तिम्रो नारा
महान थियो !
यदि दुश्मनको योजनामा थिएन भने
लक्ष्य महान थियो ।
तर ….
मुक्ति या मृत्यु रोजेका
तिम्रो फर्मानमा गोलि थाप्ने कमरेडहरु !
घरवार छोडेर युद्धमा हिडेका कमरेडहरु !
युद्धमा घाइते अनि बेपत्ता कमरेडहरु !
सहिदका परिवार कमरेडहरु !
महा जन्जिरमा बाँधिएका छन् !
कोही सुर्यबहादुर
कोही निर्मला पन्त
कोही नवराज बिक अनेक अनेक…
उठ्न नसक्ने गरि थिचिएका छन् !
सत्ताको पिँधमा किच्चिएका छन् !
रगतले भिजेको रक्ताम्य झण्डा
गोली लागेका घाइते कमरेडले
साम्यवादको केन्द्रमा
फहराउँदै लाम लागेको देख्दा
हजारौ यात्रामा निस्कने युवाहरु ,
तिम्रो बिचलनको बाटोदेखि
खाडिमा जिउँदै ढलेका छन् !
छातिमा गोली थाप्न हिडेका कमरेडहरु
अरबको घाममा बर्बराउँदै छन !
न्याय समानताको कफन बाधेर हिडेका कमरेडहरु
त्रसित बनेका छन् !
डग्मगाएका छन् !
तिम्रो विलासिता देखेर !
तिम्रो महापतन देखेर !
खसिको ठाउको देखाएर कुकुरको मासु बेच्ने
संसदिय ब्यबस्थामा ,
तिमी लस्सिएर मितेरी गाँसेको देख्दा
सपनाको हत्या गर्दै
कुर्सीको अंकगणितमा रोएको देख्दा
बिचलन र महापतन बिरुद्ध ,
आक्रोसित बनेका छन् ।
कुरुप संसदीय ब्यबस्था विरुद्ध
आगोको झिल्को बनेका छन् ।
…. र
रक्ताम्य झन्डा अनि हातमा मसाल बोकेर
बिहानीको लालकिरणको उज्यालो सँगै
तिम्रो बिरुद्ध बिप्लव ( बिद्रोह )
नयाँ आसाको केन्द्र बन्दैछ !
फेरि अर्को अध्याय
निरन्तर क्रान्तिको अध्याय !
एकदिन अवस्य सफल हुनेछ ।
र …
महापतन र बिचलनको पर्दाफास हुनेछ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि