नजिर हुसेनको “प्रेम गर्ने जन्तर” सार्वजनिक

नजिर हुसेनको  “प्रेम गर्ने जन्तर” सार्वजनिक

काठमाडौं । केहि समय यता नेपाली चलचित्रका नायक नायिकाहरुको म्युजिक भिडियोमा रुची बढेको छ । यहि सुचिमा पर्छन् नायक नजिर हुसेन । हालै नजिर फिचर्ड म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको बोल छ “प्रेम गर्ने जन्तर” ।

लोक फ्लेवरको यस भिडियोमा ११ पटक प्रेममा असफल भएका नाजिरले केहि सिप नलागेपछि अन्तत प्रेम टिकाउनलाई प्रेम गर्ने जन्तर बाध्ने सोच गरेका छन्, तर रोजेकी युवतीले दाजु भनि दिदा उनको सोच सोचमै सिमित रह्यो,कठै नाजिर ।

डिजिटल नेपालबाट सार्वजनिक भएको यस गीतमा स्वर दीपक महर्जनको छ । शब्द र संगीत किरण पहाडीको छ । भिडियोको कोरियोग्राफी महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले गरेका छन् । छायांकन हरि घले मगरले गरेका छन् भने सम्पादन सुरेश बाडेको छ । भिडियोको निर्देशन रोशन श्रेष्ठले गरेका हुन् । भिडियोमा नाजिरको जोडीकी रुपमा सरुसा महर्जन फिचर्ड छिन् ।

[email-subscribers-form id="2"]
TOP